stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले थप दुई मनिचेन्जरको (इजाजतपत्र) लाइसेन्स रद्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप दुई मनिचेन्जरको (इजाजतपत्र) लाइसेन्स रद्द गरेको छ। केन्द्रीय बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनिचेन्जरको लाइसेन्स रद्द गरेको हो। यी दुवै काठमाडौंको सुन्धारामा रहेका छन्।

राष्ट्र बैंकको मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित)को विनियम १९ को उपविनियम (३) मा उल्लेखित व्यवस्था बमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले ३ महिनाभित्र) नवीकरण गर्न नसकेकोले लाइसेन्स रद्द गर्ने निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ।

IME Lifesidebar
kumari