stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका र क्याफियोफिलिया कफीमा विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरु दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यू.एन. पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

जस अन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत सम्म छुट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरी आईटम बाहेकका सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछ्न ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

 

IME Lifesidebar
kumari