stcnepal long ad
ime life insurance
national life
global ime bank long

मानवताका लागि आशाको सन्देश प्रवाह गर्न ‘¥याली अफ होप’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाण्डौ । यहि साउन २५ गते आईतबार विश्व स्तरीय अनलाइन ¥याली अफ होप आयोजना गरिदैछ । २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले आगामी अगष्ट ९, २०२० अर्थात साउन २५ गते ¥याली अफ होप हुन लागेको हो ।

सो ¥यालीमा नेपाली समय अनुसार साउन २५ गते आईतबार ६.४५ बजे अनलाईन मार्फत सहभागिता जनाउन सकिने छ । विश्व भरिका लाखौ मानिसको सहभागिता रहने आयोजकले जनाएको छ ।

युनिर्भसल पीस फेडेरेसनको आयोजनामा हुने कार्यक्रममा सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले स्वागत मन्तव्य दिनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला ह्वाइट , हाउस अफ कउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिच,सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनी, अमेरिकीका पूर्व उपराष्ट्रपति डिक चेरी लगायतका विश्व नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा युनिभर्सल पिस फेडरेशनकी सहसंस्थापिका डा.हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रम समेत रहेकोे छ । स्वर्गीय डा. सन म्योङ्ग मुन र श्रीमती डा. हाक जा हान मुनले वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सार्वजनिक सम्बोधनहरू गिबग बषहरुमा पनि गदै आएका छन् ।

कोभिड १९ महामारीले विश्वव्यापी रुपमा परिवारहरूमा दुःख, कष्ट र पिडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल हुनेछ ।

मानवीय मूल्य मान्यताहरूको बढ्दो विचलन वा भ्रमको सामना गरिरहेको विश्वले धार्मिक कट्टरपन्थ र धर्मनिरपेक्षका बिचको मूल्य मान्यताको ध्रुवीकरणको कुराले मात्र होइन कि बरु तिनीहरूका बिचको बढ्दो दृढताले चुनौति थपिदिएको छ ।

संयुक्त राष्ट्र संघ र ईयू जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरूका कारण शान्ति, द्वन्द्व समाधान, गरिबी निवारणको क्षेत्रमा उल्लेख्य प्रगति भएको भएतापनि विश्वमा अझैपनि भूमि, स्रोतसाधन, धार्मिक तथा जातीय मतभेद, पारिवारिक मूल्यमान्यताको  स्खलन, जलवायु परिवर्तन आदिलाई केन्द्रविन्दु बनाएर द्वन्द्व र संघर्ष भइनै रहेको छ ।
सम्मेलनले मानव जीवनमा ईश्वरको अस्तित्व र परोपकारी हस्तक्षेपलाई साहसका साथ स्वीकार्ने छ ।

सम्मेलनमा अन्तरजातीय, अन्तरधार्मिक तथा विश्वव्यापी सम्मेलनले मानवताको अन्तरनिर्भरता र पारस्परिक समृद्धिको लागि दिगो आशा र भरोषाका लागि अपील गर्दछ । यो सम्मेलनले विश्व मानव परिवारको रूपमा सामना गर्ने चुनौतिहरूको समाधान गर्न व्यावहारिक विधि र एजेन्डालाई प्रस्ताव गर्ने जनाईएको छ ।

यसले कोभिड १९ महामारी, पर्यावरणीय पहलकदमी, गरीबी तथा भोकमरीको अन्त्य गर्ने उपायहरू र जातीय विभेद जस्ता कुराहरूलाई सम्बोधन गर्दै विश्वमा विद्यमान सबैखाले द्वन्द्वहरूको अन्त्य गर्न एकता र आपसी सहयोगका लागि आह्वान गर्नेछ ।

सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुती वाचनका साथ हुनेछ । अनलाइन मार्फत संचालन हुने सम्मेलनमा नयाँ प्रविधिको प्रयोग गरिनेछ ।

सम्मेलनले डिसेम्बरअसम्म प्रत्येक महिना आयोजना हुने “¥याली अफ होप” को एक श्रृंखलाको शुरुवात गर्नेछ । अगस्ट ९ मा इन्टरनेशनल समिट काउन्सिल फर पीस तथा इन्टरनेशनल एशोसियसन अफ पार्लियामेन्टेरियन्स फर पीसको सहयोगमा पहिलो भेला हुनेछ ।

इन्टर रिलिजियस एशोसियसन फर पीस एण्ड डेभलप्मेन्ट, इन्टरनेशनल मिडिया एशोसियसन फर पीस ,इन्टरनेश्नल एशोसियसन फर इकोनोमिक डेभलप्मेन्ट र इन्टरनेशनल एशोसियसन अफ एकाडेमिसियन्स फर पीसका सम्मेलनहरू हुनेछन् । सम्मेलनले राजनीतिक, आर्थिक, शैक्षिक लगायत क्षेत्रका विश्व नेताहरूलाई एकठाउँमा ल्याउनेछ र यसले सद्भाव र एकताका लागि मञ्चको काम गर्नेछ ।

IME Lifesidebar
kumari