stcnepal long ad
global ime bank long

बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेसन सम्बन्धी सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित (अटोमेसन) बनाउनका लागि एपीआई इन्टिग्रेसनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले बीमकहरूका लगानीसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहीत बनाई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष र पारदर्शी बनाउनसमेत यसबाट सहयोग पुग्ने बताए ।

एपीआई इन्टिग्रेसनअन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइने बताइएको छ ।

यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाइनेछ ।

यस इन्टिग्रेसनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेपसम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्ने बताइएको छ । यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल ट्रान्सफर्मेसन र प्रविधिमैत्री नियमनको दिशामा अर्को महत्त्वपूर्ण कदम रहेको प्राधिकरणले जनाएको छ ।

IME Lifesidebar
kumari