stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने कात्तिक २० गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

साधारण सभाले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले मंसिर ६ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरानमा २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari