stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकबाट बाहिरियो हविव बैंक, नेशनल लाईफ इन्स्योरेन्सले लियो १२.९३ प्रतिशत स्वामित्व

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लामो रस्साकस्सी पछि पाकिस्तानको हविव बैंकले हिमालयन बैंकमा रहेको आफ्नो १२.९३ प्रतिशत शेयर स्वामित्वको नेशनल लाईफ इन्स्योरेन्सलाई बिक्री गरेर बाहिरिएको छ ।

सबै प्रक्रिया पूरा गरेर हविव बैंकले बिहीबार र आइतबार गरेर आफ्नो शेयर नेशनल लाइफलाई बिक्री गरेर हिमालयन बैँकबाट बाहिरिएको हो । हविवले सन् १९९३ मा हिमालयन बैंकमा लगानी गरेको थियो ।

हिमालयन बैंकमा हविव बैँकको १२.९३ प्रतिशत शेयर हिस्सा अर्थात् दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर थियो । त्यो शेयर प्रति कित्ता ११८.८८ रूपियाँमा बिक्री गरिएको छ ।

नेप्सेको तथ्यांक अनुसार गत बिहीबार एक अर्ब ६६ करोड ५० लाख ६० हजार रूपियाँमा एक करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिद बिक्री गरिएको छ ।

यस्तै, आज आइतबार एक अर्ब ६६ करोड ५० लाख ५९ हजार रूपियाँमा एक करोड ४० लाख ६ हजार २१७ कित्ता सेयर खरिद बिक्री भएको छ । योसँगै हिमालयन बैंकबाट हविव बैंक बाहिरिएको छ भने त्यसको ठाउँमा नेशनल लाईफ इन्स्योरेन्स भित्रिएको छ ।

हविव बैंकले धेरै पहिलादेखि आफ्नो शेयर बिक्री गर्न खोजेको थियो । विभिन्न कारणले त्यो सफल हुन सकेको थिएन । बिगत चार बर्षदेखि हविव बैंक आफ्नो सेयर बिक्री गर्ने योजनामा थियो ।

पछिल्लो पटक हविव बैंकले गत असारमा आफ्नो सेयर प्रति कित्ता ११२.८ रूपियाँमा बिक्री गर्ने गरि बोलकबोल प्रस्ताव आह्वान गरेको थियो । त्यसबेला पनि त्यो सेयर सस्तोमा हत्याउन विभिन्न समूहहरु लागि परेका थिए । त्यो चलखेल बाहिरिए पछि सफल हुन सकेन ।

अन्तिममा नेशनल लाइफले ११८.८८ रूपियाँ सेयर किन्ने गरी प्रस्ताव गरेको थियो । अन्य प्रस्तावकले दिएको मूल्य भन्दा बढी प्रस्ताव आएपछि नेशनल लाइफले यो सेयर पाउने पक्का भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर बिहीबार र आइतबार शेयर कारोबार गरिएको हो ।

बोल कबोलमा छनोट भएपछि नेशनल लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको थियो । त्यो स्वीकृत भएपछि दुवै पक्षबीच सेयर खरिद बिक्री सम्झौता गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइएको थियो ।

राष्ट्र बैंकले गत असोज अन्तिम साता सेयर खरिद बिक्री अनुमति दिएको थियो । त्यसपछि बिहीबार र आइतबार गरेर सेयर कारोबार सम्पन्न गरिएको हो ।

अहिले हिमालयन बैंकको सञ्चालक समितिमा हविव बैंकको तर्फबाट फर्हान तालिव सञ्चालक सदस्य थिए । सम्भवतः उनको ठाउँमा अब नेशनल लाइफ इन्स्योरेन्सको प्रतितिधि जानेछन् ।

IME Lifesidebar
kumari