stcnepal long ad
global ime bank long

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भए अवकास

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले अवकाश भएका छन् । २०५७ असार १ गते अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट बिहिबारदेखि अनिवार्य अवकास भएका हुन् ।

सात वर्षअघि कार्यकारी निर्देशकमा बढुवा भएका थिए।राष्ट्र बैंकको प्रावधान अनुसार कार्यकारी निर्देशक भएको सात बर्ष अवधि रहेको छ ।

कार्यकारी निर्देशकमा बढुवा भएपछि भट्टले भुक्तानी प्रणाली, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, आर्थिक अनुसन्धान र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुखका रुपमा काम गरेका थिए। पछिल्लो समय उनी गभर्नर कार्यालयमा थिए ।

उनी यसपालि गभर्नरको दौडमा समेत थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कोटामा परेको भन्दै गभर्नर बनाउने वचन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

तर, तत्कालीन कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी थिइन्। नीलम पनि गभर्नरको दौडमा थिइन्।

नीलमले राजीनामा स्वीकृत नगरेको कारण देखाएर सरकारले कांग्रेसकै कोटामा जेठ पहिलो साता विश्व पौडेललाई गभर्नर नियुक्त गरेको थियो । पौडेलले नियुक्तिको एक सातापछि आफूलाई बलियो सहयोगी चाहिने भन्दै भट्टलाई गभर्नरको कार्यालयमा सरुवा गरेका थिए ।

IME Lifesidebar
kumari