citizens life insurance long ad
stcnepal long ad

‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सो गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गरेका हुन् ।

कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्यबारे बोलेका थिए ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सहजीकरण गरेको सो कार्यक्रममा पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट हुँदैन भनिन् ।

कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण के.सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा. डा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू, पत्रकार, साहित्यकार र अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

IME Life
kumari