stcnepal long ad
ime life insurance
global ime bank long

दुर्गम जिल्लामा नुनको अभाव छैन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वर्षा र बाढीले विभिन्न राजमार्ग बन्द भएपनि दुर्गम जिल्लाहरूमा आयोनुनको अभाव नरहेको र देशभरका सबै ठाउँहरूमा सहज र सर्वसुलभ रूपमा आयोनुन बिक्री भैरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिएको छ।

कर्पोरेसनको जुम्ला शाखा कार्यालयले पनि सो जिल्लामा पर्याप्त मात्रामा नुन मौजाद रहेकोे जनाएको छ । कर्पोरेसनको जुम्ला डिपोमा अहिले पनि करिब ६ हजार क्विन्टल आयोनुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिएको हाम्रा प्रतिनिधिले बताएका छन ।

कर्पोरेसनको जुम्ला कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ का लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५ सय क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५ सय क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३ सय क्विन्टल आयोडिन नुनको कोटा रहेकोमा सो कोटाको आयोडिन नुन मौजाद रहेको छ ।

चाडपर्वको बेलामा नुनको खपत केही बढेको छ। अर्कोतिर चिसो बढन थालेकाले हिउँदयामका लागि नुन खरिद गरेर राख्ने क्रम पनि बढेको छ।

जुम्लामा चिसो बढेसँगै हिउँ पर्न सक्ने हुँदा हिउद यामका लागि कार्तिक,मंसिर,पुस र माघका लागि एकैपटक आयोनुन सहित दैनिक उपभोग्य सामाग्री खरिद गरेर स्थानीय व्यापारी र उपभोक्ताहरूले सामाग्री राख्ने चलन छ।

त्यही कारण जुम्लामा नुनको खपत पनि बढेको छ। जिल्लामा अहिले आयोनुनको अभाव छैन । जिल्लामा पर्याप्त मात्रमा आयो नुन रहेकोे छ । दसैँको अवधिमा करिब ५ सय ४६ क्विन्टल नुन बिक्री भएको थियो । त्यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा आयोनुन वितरणहुने गरेको छ ।

वडाको मागबमोजिम नुन वितरण भइराखेको छ । गत आर्थिक वर्ष जुम्ला जिल्लामा करिब पाँच हजार ४ सय क्विन्टल आयोनुनको कोटा निर्धारण भएको थियो । आयोनुन उपभोक्तालाई पुर्‍याउन केही कठिन हुने गरेकोमा यस आर्थिक वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै त्यहाँका उपभोक्ताहरूलाई सहजरूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताएका छन ।

जुम्लाको सदरमुकाम खलंगा सहित तीनवटै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी कार्य भइरहेको कर्पोरेशनका प्रमुख थापाले बताएका छन ।

सबैभन्दा बढी आयोनुन चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले आयोनुन खरिद गर्ने गरेको कर्पोरेशनको जुम्ला कार्यालयले जनाएको छ ।

जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि त्यहाँका स्थानीयवासीलाई सहज भएको र स्थानीयवासी पनि खुसी भएका छन् ।

जुम्ला मात्र होइन डोल्पा, कालिकोट, हुम्ला, मुगु, दार्चुला, बझाङ, बाजुरा, बैतडी, अछाम, जाजरकोट, मनाङ, मुस्ताङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जस्ता हिमाली र दुर्गम जिल्लाहरूमा समेत आयोनुन सहज र सर्वसुलभ रूपमा कर्पोरेसनले पुरयाउदै आएको छ।

prabhu mahalaxmi
kumari