stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा झण्डै २२ करोड क्षतिपूर्ति भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल रू। २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी दाबीको भुक्तानी प्रक्रिया पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका दाबी विभाग प्रमुख रोज राज लुइटेलका अनुसार कम्पनीले नियामकीय प्रावधानभित्र रही सरल र सहज बीमा दावी भुक्तानीमा प्राथमिकता दिइरहेको छ । “बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत र संरक्षण प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने ।

कम्पनीले भुक्तानी कार्य असोज २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सुरु हुने जनाएको छ । विषम परिस्थितिमा बीमित ग्राहकको सुविधा र राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ ।

यस्तै, बाँकी बीमितले क्षतिपूर्तिको दावी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरी नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

prabhu mahalaxmi
kumari