stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दशैं बिदामा पनि सरकारी भुक्तानी नरोक्न महालेखाको पत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै यो व्यवस्था गर्न भनेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा निकासा दिनुपर्ने हुन सक्ने भएको भन्दै महालेखाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा निकासा दिने गरी वैकल्पिक व्यवस्था गर्न भनेको हो।

prabhu mahalaxmi
kumari