stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सुपरमार्केटद्वारा हिमालयन बैंक तथा नेपाल पे क्युआरको सहकार्यमा डिजिटल दशैं अफर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं” अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले भाटभटेनीको प्रत्येक आउटलेटमा Tata Punch EV स्कुटर जित्न सक्नेछन् भने बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत Tata Punch EV जित्न सक्नेछन् ।

यही असोज ६ गतेबाट पुष १७ गते सम्म भाटभटेनीमा नेपाल पे क्युआर मार्फत किनमेल गर्ने सबै ग्राहकहरु प्रत्येक आउटलेटबाट एक एक थान स्कुटर जित्नका लागि योग्य हुनेछन् भने असोज ६ गतेबाट फागुण ३० गतेसम्म नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरु Tata Punch EV गाडी जित्नका लागि योग्य हुनेछन् ।

स्कुटर तथा गाडीका विजेताहरु भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ ।

चाडपर्वको अवसरलाई लक्षित गरिएको यस योजनाले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ ।

NEPALPAY QR हाल देशभरका ५२ वटा बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, connectIPS /Alipay+ नेटवर्कबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा पीएसपीहरु मार्फत हालसम्म १० लााख भन्दा बढि मर्चेन्टहरु NEPALPAY QR मा आवद्ध भइसकेका छन् ।

भाटभटेनी सुपरमार्केट देश भरी २७ बढि शाखा भएको देशको सबै भन्दा ठूलो रिटेल चेन स्टोर हो । यहाँ दिनहुँ चाहिने सामग्रीका साथै लुगाफाटो, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरु एकै छाना मुनि खरिद गर्न सकिन्छ ।

भाटभटेनी सुपरमार्केटले दैनिक किनमेलको आवश्यकता पूरा गर्नुका साथै फराकिलो र व्यवस्थित लेआउटका साथ किनमेलको अनुभवलाई आधुनिक र सहज बनाउँदछ ।

हिमालयन बैंक लिमिटेड NEPALPAY QR को सबै भन्दा धेरै भुक्तानी कारोबार गर्ने बैंक हो । आफ्ना विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुका साथै हिमालयन बैंकले आफ्ना ८५०० भन्दा बढि पिओएस र २८६ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

हिमालयन बैंक भिसा, मास्टरकार्ड, युनियपे, डिस्कभर तथा एमेक्स लगायतका सबै अन्तरराष्ट्रिय कार्ड स्कीम सञ्चालन गर्ने एक मात्र नेपाली बैंक हो । यसका नेपाल भरी १७४ शाखाहरु रहेका छन् ।

prabhu mahalaxmi
kumari