citizens life insurance long ad
stcnepal long ad

विद्युतीय भुक्तानी कार्ड मार्फत कस्ता सेवाहरु लिन सकिन्छ ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युतीय भुक्तानी कार्डमार्फत सेवाग्राहीले विभिन्न सेवाको उपभोग गर्न पाउँछन्। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरु (बैंक तथा वित्तीय संस्था र बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्था) ले विद्युतीय भुक्तानी कार्ड आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँछन्। त्यस्ता कार्डमा प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड हुन्छन्।

ती कार्डमा निम्नलिखित सेवा उपभोग गर्न सकिन्छः

  • खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण प्राप्त गर्न सकिन्छ।
  • अटोमेटेड टेलर मेसिन (एटीएम) वा क्यास डिपोजिट मेसिनबाट नगद कारोबार गर्न सकिन्छ।
  • वस्तु खरिद वा सेवा उपभोग गरेबापतको रकम प्वइन्ट अफ सेल (पीओएस), प्वइन्ट अफ ट्रान्ज्याक्सन (पीओटी) मेसिन, इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ।
  • विद्युत माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर गर्न सकिन्छ।

    सेवाग्राहीले विद्युतीय कार्डहरु लिँदा त्यससँग सम्बन्धित विषयमा जानकारी लिने गर्नुपर्छ।

IME Life
kumari