stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५०% सम्म छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु असोज १ गतेदेखि कात्तिक २५ गतेभित्र पुनर्जागरण बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

जसअनुसार ५ वर्षदेखि माथिको व्यतित बीमालेख पुनर्जागरण गर्दा कम्पनीले ब्याजमा ५० प्रतिशत छुट दिनेछ।

त्यस्तै २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको व्यतित बीमालेख पुनर्जागरणा गर्दा बीमितले ब्याजमा २५ प्रतिशत छुट पाउनेछन्।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

prabhu mahalaxmi
kumari