stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई हरायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गरेको हो ।

हङकङले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १७ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो ।

बङ्गलादेशका लागि कप्तान लिट्टन दासले ५९ र तौहिद हृदयोयले ३५ रन बनाए । हङकङका अतीक इकबालले दुई तथा आयुष शुक्लाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले सात विकेट गुमाएर एक सय ४३ रन बनायो । हङकङका निजाकत खानले ४२ र जीशान अलीले ३० रन बनाए । बङलादेशका तस्किन अहमद, तन्जिम हसन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिए ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।

prabhu mahalaxmi
kumari