आज सुनको भाउ उच्च मूल्यबाट ओरालो लागे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उच्च मूल्यबाट ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।यो हालसम्मकै उच्च मूल्य थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २४ सय ७५ रुपैयाँ कायम भएको छ।

हिजो चाँदीको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च थियो ।

IME Lifesidebar
kumari