stcnepal long ad
ime life insurance
national life
global ime bank long

साफ यु–१७ महिला च्याम्पियनसिप:नेपालले भुटानसँग खेल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । ५ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो । नेपालले भुटानसँगको खेलमा जित निकाल्दा भारत र बंगलादेशँग २–२ पटक पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २(१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग ३–० र ४–१ ले पराजित भएको थियो । त्यसपछि भारतसँग ५–० ले पराजित भयो ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ५ खेलमा १५ अंक जोडेर च्याम्पियन बनिसकेको छ भने बंगलादेश ५ खेलमा १२ अंक जोडेर दोस्रोमा छ । नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

IME Lifesidebar
kumari