stcnepal long ad
ime life insurance
global ime bank long

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड Payment Card Industry Security Standards Council (PCI SSC) को क्षेत्रीय बोर्ड सदस्य मा छनौट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT), Payment Card Industry Security Standards Council (PCI SSC) को दक्षिण एशिया क्षेत्रीय बोर्ड (Regional Engagement Board) को सदस्यका रूपमा चयन भएको छ ।

यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था SCT रहेको छ भने SCT का अतिरिक्त Google Inc, National Payments Corporation of India (NPCI), Euronet USA LLC जस्ता भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ ।

Payment Card Industry Security Standards Council (PCI SSC) एक विश्वव्यापी मञ्च हो, जसले PCIDSS लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्‍र्याउँछ ।

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फत PCI Security Standards Council (PCI SSC)ले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ ।

क्षेत्रीय संलग्नता बोर्डमा SCT को भूमिका
क्षेत्रीय संलग्नता बोर्ड (REB) का सदस्यका रूपमा, SCT ले निम्न भूमिकाहरू निर्वाह गर्नेछ ।

  •  दक्षिण एशियामा भुक्तानी सुरक्षा सम्बन्धी चुनौतीहरू र अवसरबारे PCI SSC लाई परामर्श प्रदान गर्ने।
  •  मापदण्ड र कार्यक्रम विकास सम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने ।
  •  दक्षिण एशियाभर PCI SSC का मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने ।

स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्नुहुन्छ “हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ । यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने SCT को प्रतिबद्धतालाई पुष्टि गर्दछ ।

हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तात्पर छौँ ।”

prabhu mahalaxmi
kumari