stcnepal long ad
global ime bank long

सानिमा बैंक दुई ठूला जलविद्युत परियोजनामा एजेन्ट बैंक नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंकले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेघावाट) १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि. (१२० मेघावाट) १ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंकको रुपमा नियूक्त गरेको छ ।

द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंकको चिन स्थित Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंबिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक) का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंक को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरे ।

उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंक Sichuan शाखाका अध्यक्ष Mr. Chen Shengrong,/ SGIC इन्टरनेशनलका अध्यक्षMr. Liao Bin समेतको उपस्थिति रहेको थियो ।

सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे ।

साथै, द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंक संगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उहाँले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।

त्यसैगरी द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना बैंक र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यको लागी सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।

साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राको अन्तरदेशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धिहुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पुर्‍याउने देखिन्छ ।

 

IME Lifesidebar
kumari