citizens life insurance long ad
stcnepal long ad

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो ।

विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।

मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगद सहित सिटिजन्स लाइफबाट रु २० लाख बराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाख सहित सिटिजन्स लाइफ इन्स्योरेन्सबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगद सहित सिटिजन्स लाइफ इन्स्योरेन्सबाट रु १० लाख बराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफ इन्स्योरेन्सबाट रु १० लाख बराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सबाट रु १० लाख बराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगद सहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाख बराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

थर्ड रनरअप वाङ्गे गुरुङले रु छ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाख बराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफ इन्स्योरेन्सबाट रु १० लाख बराबरको बिमा प्राप्त गर्नुभएको छ ।

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ ।

थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

IME Life
kumari