stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री भोलि नेपाल आउनु हुने भएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि भोलि अर्थात आइतबार नेपाल आउन लाग्नु भएको हो ।

विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर सृजना हुने अपेक्षा गरिएको छ ।

भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको र भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई  उच्च  प्राथमिकता  दिदै आएको भारतीय  विदेश  मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari