सागर डिष्टिलरीले साउन २८ गतेदखि आईपीओ निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपियाँबराबरको १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ ।

लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि भदौ ११ गतेसम्म लम्बिनेछ ।

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari