stcnepal long ad
ime life insurance
national life
global ime bank long

दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले असार ९ गतेबाट बिक्री गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेको हो ।

नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रोलाई जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८।३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकिद दरका कुल ३९ लाख ५० हजार कित्ता आइपीओ ल्याउने अनुमति पाएको हो।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई र सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्ताशेयरको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।

दोस्रो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ५८ हजार ३९० कित्ता कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो आइपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन्।
दरमखोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari