stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एक्लै लगानी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न एनएमबी बैंक र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार आयोजनामा एनएमबी बैंकको एकल लगानी रहने छ । उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने बताइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहने छ ।

सम्झौताका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् ।

सीईओ घिमिरेको आग्रहलाई कम्पनीका अध्यक्ष शरद कुमार दाहाल तोकिएको लागत र समयसीमाभित्रै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । उनले वित्तिय व्यवस्थापनमा सहयोग गरेकामा सीईओ घिमिरे र बैंकलाई धन्यवाद ज्ञापन गरे ।

IME Lifesidebar
kumari