stcnepal long ad
ime life insurance
national life
global ime bank long

सागर डिस्टिलरी चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी बन्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षमा आइपीओ अनुमति पाउने पहिलो कम्पनी सागर डिस्टिलरी बनेको छ। नेपाल धितोपत्र बोर्डले आज साउन १२ गते सागर डिस्टिलरीलाई आइपीओ ल्याउन अनुमति दिएको हो। यो कम्पनीले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ।

अब कम्पनीले १४ करोड ५२ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

IME Lifesidebar
kumari