stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउन १४ गतेदेखि झापा इनर्जीले पहिलो चरणको आईपीओ निष्कासन गर्ने 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३८ करोड १९ लाख रुपियाँ बराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ३८ लाख १ हजार ९०० कित्ता शेयर निष्कासन गर्न असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५ लाख ७० हजार २८५ कित्ता कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा​ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाले आवेदन दिन सक्नेछन् । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

prabhu mahalaxmi
kumari