citizens life insurance long ad
stcnepal long ad

रिलायन्स लाईफ इन्स्योरेन्सद्धारा एजेन्सी म्यानेजरहरुलाई सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नयाँ तथा पुराना २२ जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुंगानाले देशभरमा बागलुङ शाखा गोल्ड स्टान्यर्ड पर्फमरको रुपमा छनौट गराउन सफल भएको भन्दै बागलुङ शाखाका प्रमुख मिना जिसी कंडेल र कर्मचारी कोपिला काउचालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिँदै २२ जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो । साथै सिनियर एजेन्सी म्यानेजरको रुपमा दिपेन्द्र खत्रीलाई सम्मान गरिएको छ ।

सो कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख ढुङगानाले अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताउंदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए । सा

थै इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुङगाना, म्याग्दी शाखा प्रमुख मुत्ति पौडेल ,कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

IME Life
kumari