stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै छ । छात्रवृत्ति प्रवेश परीक्षा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।

महानगरपालिकाले शैक्षिक सत्र २०८२र०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरेको हो ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक अंक गरिने छैन ।

यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् ।

छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका लागि चार हजार १६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् ।

prabhu mahalaxmi
kumari