stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १।.७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ करोड १२ लाख थियो । बैंकको वितरण योग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ।

बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा छ । बैंकको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ ।

३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

prabhu mahalaxmi
kumari