stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकले आज असार ३२ गतेदेखि एफपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार ३२ गतेदेखि हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकम बराबर एफपीओ जारी गर्न अनुमति दिएको छ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँको ७२,९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७.०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार ८८१ रकम बराबरको शेयर स्वामित्व रहेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर  सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था रहेकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।

यो एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी९आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

हिमालयन बैंकको एफपीओ निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिन सक्नेछन्। यो एफपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari