stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको छ ।

साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष आजाद श्रेष्ठले आगामी आर्थिक वर्षको वार्षिक साधारण सभा तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले कम्पनीलाई थप मजबुत बनाउने दिशामा नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्दै वर्तमान अवस्थामा देखिएको सुधारलाई आगामी दिनमा संस्थागत रूपमा सुदृढ बनाउने बताए ।

अध्यक्ष श्रेष्ठले वार्षिक साधारण सभामा सक्रिय रूपमा सहभागी भई सभा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले शेयरधनीहरूको निरन्तर विश्वास र समर्थनले कम्पनीलाई अगाडि बढ्ने ऊर्जा दिएको भन्दै आभार प्रकट गरे ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले शेयरधनीहरूको जिज्ञासामा जवाफ दिँदै प्रतिवेदनमा उठाइएका प्रश्नहरूको प्रष्ट पारा समेत गरे । उनले कम्पनीका प्रमुख वित्तीय सूचकहरू बलिया रहेको उल्लेख गर्दै वर्तमान आर्थिक अवस्था सन्तोषजनक रहेको बताए ।

सीईओ गौतमले भविष्यमा अझ प्रभावकारी रणनीतिहरू अपनाएर कम्पनीको वित्तीय प्रदर्शनलाई थप मजबुत बनाइने प्रतिवद्धता जनाए । साधारण सभा भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. सम्पन्न भएको हो ।

prabhu mahalaxmi
kumari