stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जीवन बीमकहरुले नवीकरण र म्यादी बीमाशुल्क अनिवार्य समावेश गर्नुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा र लघुजीवन बीमा कम्पनीहरूलाई अब व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कमा सीमित नरहेर, नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले २०८२/८३ आर्थिक वर्षका लागि जारी गरेको परिपत्र मार्फत बीमा कम्पनीहरूलाई आफ्ना मातहतका कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूलाई दिइने व्यवसायिक लक्ष्य मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा निर्धारण गर्दा यी सबै बीमाशुल्क प्रकारहरूलाई समेट्न स्पष्ट निर्देशन दिएको हो।

बीमा क्षेत्रमा सावधिक तथा एकल बीमाशुल्कमा बढी ध्यान दिइँदा न्यून आय भएका वर्गसम्म बीमाको पहुँच सीमित हुने, बीमालेख समयमै नवीकरण नहुने, वा बीमा अवधि नपुग्दै समर्पण वा व्यतित हुने समस्याहरू देखापरेको प्राधिकरणले जनाएको छ। यसले गुणस्तरीय र दीर्घकालीन बीमा सेवा प्रवाहमा चुनौति थपिएको बताइएको छ।

बीमा कम्पनीहरूले व्यवसायिक लक्ष्य निर्धारण गर्दा हालसम्म बृहत् बीमाशुल्क संकलनमा केन्द्रित हुने प्रवृत्ति देखिएको गुनासाहरू आइरहेको सन्दर्भमा यस्तो व्यवस्था लागू गरिएको हो।

बीमा कम्पनीहरूले आगामी योजनाहरूमा सन्तुलित बीमा विकास, पुनःनवीकरणको स्थायीत्व, र समर्पण दर घटाउने उपायहरू अपनाउनु पर्ने आवश्यकतामा प्राधिकरणको जोड रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले विज्ञप्ति मार्फत प्राधिकरणको यो कदमले बीमा सेवा सन्तुलित, समावेशी र दीर्घकालीन प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।

prabhu mahalaxmi
kumari