आज राती १२ बजेदेखि बिराटनगरमा लकडाउन
काठमाडौ । विराटनगर महानगरपालिकालाई कोरोना संक्रमण जोखिम बढेपछि लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज बेलुका १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द रहने जानकारी दिए । उनका अनुसार खाद्यन्नसहित दुध, तरकारीजन्य वस्तुको लागि समेत समय तालिका तोकिने छ ।
विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षण सहितका कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि लकडाउन लागू गरिएको हो ।
महानगरमा निजी अस्पताल तथा नर्सिङ होममा संक्रमितहरु फेला परे उनीहरुले त्यहि अस्पतालमा उपचारका लागि व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरेको छ । पछिल्ला केही दिन यतामात्रै महानगरपालिकाभित्र एक सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।





























