stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सर्वश्रेष्ठ साझेदार–२०१९ सम्मान नेपाल इन्भेष्टमेण्ट बैंकलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल  इन्भेष्टमेण्टबैंक (एनआईबीएल) ले ‘सर्वश्रेष्ठ साझेदार–२०१९, सम्मानको पुरस्कार प्रप्त गरेको छ ।

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम )(जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको हो ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स) को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ ।

आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ ।

यो सञ्जाल (नेटवर्क) ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ ।

अन्तर्राष्ट्रिय विकाश संघ (IDA-International Development Association), चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ, विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामा दिगो र समावेशी विकास, मानव पुँजी विकास तथा बहनशीलताका लागि यो महत्वपूर्ण छ ।

एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

prabhu mahalaxmi
kumari