stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछछन्।

शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari