stcnepal long ad
himalayan life insurance long ad

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८० ८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र सो कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।