stcnepal long ad
himalayan life insurance long ad

जिली र जुनयाओ ईभीको मूल्य सार्बजनिक

प्रोटोन ईमास७ कै मूल्यमा ग्यालेक्सि ई५ किन्न पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको मूल्य सार्बजनिक भएको छ । कम्पनिले छिट्टै नेपाली बजारमा लन्च गर्न लागेको जुनयाओ र जिली ब्रान्डका ईभीको मूल्य भन्सार प्रयोजनका लागि सार्बजनिक गरिएको हो ।

नेपाली बजारमा विगत लामो समयदेखी प्रतिक्षा गरिँदै आएको जिली ई५ प्रो र म्याक्स गरी दुई भेरिएन्टमा आउने भएको छ । दुबै भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान हुनेछ ।

यी कारको मूल्य ५८ लाख र ६८ लाख रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सार्बजनिक भएको यस मूल्यमा पछि थपघट हुने अनुमान गर्न सकिन्छ ।

एआरआर मोटर्सले ग्यालेक्सि ई५ को मूल्य सोहि मोडलमा प्रोटोन व्याज लागेर आउने ईमास७ को जत्तिनै निर्धारण गरेको छ । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन ईमास ५७ लाख र ६८ लाख रुपैयाँमा बिक्री हुँदै आएको छ ।

ईमास७ प्राइम र प्रिमियम भेरिएन्टमा बिक्री हुँदै आएको छ । जसअनुसार, ग्यालेक्सि ई५ को प्रो भेरिएन्ट ईमास७ को प्राइम भन्दा १ लाख रुपैयाँले महंगो पर्ने देखिएको छ भने अर्को भेरिएन्टको मूल्य एउटै निर्धारण भएको छ ।

प्रोटोन ईमास७ को प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने प्रिमियममा ६०.२२ किलोवाट आवरकै ब्याट्री प्याक छ ।

एलआरआर मोटर्सले पहिल्यैदेखि नेपाल ल्याउन पहल गरिरहेको अर्को ईभी ब्रान्ड जुनयाओको पनि दुई भेरिएन्ट नेपाल आउने भएको छ ।

कम्पनीले जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा भेरिएन्टको मूल्य भन्सार प्रयोजनका लागि सार्बजनिक गरेर यी ईभी छिट्टै लन्च हुने जानकारी दिएको हो । ईभी ईभीको मूल्य क्रमशः ६८ लाख र ५५ लाख तोकिएको छ ।

यस मध्ये जेवाई एयर सी५ लाइटमा ५१.२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ भने जेवाई एयर सी५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ ।

दुबै भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जुनयाओ ग्रुप अन्तर्गत चीनमा एयरलाइन र अन्य धेरै व्यवसाय रहेका छन् ।