citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स सदाबहार योजना असार १३ गतेदेखि निष्कासनमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ।

यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको कम्तीमा ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो।

यसमा आवेदन दिंदा घटीमा १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार १७ गते र ढिलोमा असार २७ गते हुनेछ।

थप गरिएको बिक्री अवधिभर पनि कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज गरी आवेदकको रकम फिर्ता गरिनेछ। तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म इकाई थप अर्थात् ६ करोड २५ लाख इकाई कायम गरेर बाँडफाँड गरिनेछ।

यसमा योजनाको अवधि वा परिपक्व अवधि लागू नहुने र बाँडफाँड भएको ३ महीनापछि खरीद–बिक्री गर्न सकिने जनाएको छ। यो धितोपत्र दोस्रो बजारमा सूचीकरण वा कारोबार नहुने तर आधिकारिक संस्थालाई वितरक तोकी खरीद बिक्री हुने व्यवस्था मिलाउने जनाएको छ।

IME Life
kumari