stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेकपामा उत्पन्न समस्या र समाधानको बाटो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

यूवराज कार्की

हाल पार्टीमा देखापरेको समस्या तलबाट सिर्जना भएको होइन । यो समस्या शिर्ष तहबाट सिर्जना भएको हो । त्यसैले यसको समाधान पनि शिर्ष तहबाटै खोजिनु पर्छ ।

त्यहाँबाट समाधान भएन भनेर यसलाई तल झार्न खोजियो भने यो समस्या सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले मात्र होइन, महाधिवेशनले पनि समाधान गर्न सक्दैन । किनभने यो समस्या तलबाट सिर्जना भएकै होइन ।

यो समस्या त माथिबाट शिर्ष तहबाट सिर्जना भएको हो। समस्या जहाँ छ, समाधान पनि त्यहीँ खोज्नुपर्छ। समस्या जति ठूलो फोरमका लगिन्छ, त्यसको आयतन पनि त्यही आकारमा फैलिदै जान्छ र समाधान झन् जटिल बन्दै जान्छ ।

हामी बेग्लाबेग्लै ऐतिहासिक पृष्ठभूमिबाट अघि बढ्दै आएका दुईटा ठूला कम्युनिष्ट पार्टीको एकता प्रक्रियाबाट यहाँसम्म आईपुगेका छौं। हाम्रो एकता प्रक्रिया अहिले पनि टुङगिसकेको छैन ।  नेपालको इतिहासमा दुइटा ठूला कम्युनिष्ट पार्टीको एकता एउटा सामान्य घटना होइन, यो एउटा विशिष्ट परिघटना हो ।

त्यसैले यसको समाधान पनि सामान्य अवस्थामा जस्तो अल्पमत बहुमत गरेर हुँदैन। यसलाई जवरजस्ती त्यसरी हल गर्न खोजियो भने पार्टी एकता दुर्घटनामा पर्न सक्छ ।

बस्तुस्थितिको यहि बिशिष्ठता र जटिलतालाई ध्यानमा राखेर नै हामीले एकताको ऐतिहासिक महाधिवेशनबाट पार्टी एकताको महान कार्य सम्पन्न नहुदा सम्म सहमतिका साथ अघि बढ्ने कार्यविधि तय गरेका हौं ।

पार्टीको शिर्ष तहमै एकता र समझदारी कायम गर्न सकिएन भने, तलबाट यसको समाधान हुन्छ भन्ने भ्रममा कोही पनि नपरौं। सबैले आआफ्नो ठाउँबाट शिर्ष नेताहरूलाई तीन ‘स’ सम्बाद, सहमति र समझदारीको लागि घच्घच्याउने काम गरौ । पार्टी एकता जिन्दावाद। नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद।

prabhu mahalaxmi
kumari