stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

विपि काेइराला र उनकाे नीतिकाे मुल्यांकन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जे.पी.आनन्द गुप्ता

विश्वेश्वर प्रसाद कोईरालालाई आज धेरैजसो गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ। राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा बढी त्यसरी उल्लेख गरिने गरिएको देखिन्छ।

हिजोका दुर्दान्त मण्डलेहरू र सदैब प्रजातन्त्र हत्याका समर्थक कम्युनिष्टहरूले पनि यता बात बातमा काँग्रेसीहरूलाई उपदेश दिने गरेका हुन्छन् । यस्ता उपदेश प्रायस: तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको बिरोध तथा मेलमिलापका सन्दर्भमा फलाकि रहेका हुन्छन्। उदाहरणका लागि तिनीहरूले बीपीका समयका चुनावी घोषणा पत्रका युक्तिहीन अंशहरू, राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको छ भन्ने प्रसंग अनि मेलमिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन्।

वास्तवमा बीपीको बिचार सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै घोषणा पत्रमा समाविष्ट छैन। न त २००७ सालको क्रांन्ति कालमा, न त २०१५ को आम निर्वाचनमा । पार्टीको बिधानलाई पनि यसै रूपमा बुझ्नु पर्दछ।

पार्टीका यी दस्तावेजहरू जहिले पनि बिभिन्न नेताहरू वा सोचहरूका समिश्रित रूपमा पारित गरिएका हुन्छन। जबकि, बीपी गहन सवालहरूमा दार्शनिक दृष्टिकोण राख्नु हुन्थ्यो। व्यक्तिगत सोचमा बीपी सदैव,शायद जीवन पर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता बिषयको पक्षपाती रहनु भएन ।

राजतन्त्र, धर्म बारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा स्पष्ट हुनजान्छ। धेरैले बीपीको ‘राजतन्त्र’ शिर्षकको लेख नै नपढेको हुन सक्छ। जहाँ बीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ।

सन् १९६८ मा बीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गांधीज्म’ बिषयमा बोलेकोबाट नृशंस राजतन्त्रका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउदै बीपीले भनेको कि “म निजी रूपमा धर्म मान्दिन ।

तर, पूर्व-पश्चिम पुरै नेपालबाट कयौं दिन पैदल हिडेर यहाँ मूर्तीको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन ।” शायद धेरैले छापिएको यस तथ्यको पनि स्मरण गर्दैन आज भोली ।

नेपालको सन्दर्भमा धर्म निरपेक्षता ठिक नहुन सक्छ। तर, धर्म निरपेक्षता बीपीको निजी सोच थियो। राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर बीपीको स्वदेश आगमनलाई धेरैले तत्कालिन भारतमा इंन्दिरा गांधीको नेपाल खाने योजनालाई बीपीले लत्याएको भनि अर्थ्याएको देखिन्छ।

मर्नु परेपनि नेपालमै मर्ने तर इंन्दिरा गांधीको योजनामा सरिक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसंँग जोड्न खोजेको देखिन्छ। मेलमिलापको नीति वा कार्यनीति बस्तुत: बीपीको यौटा ‘लाउड थिंकिंग’ थियो।

जसलाई सन् १९७० को दशकको अन्त्य तिरको शीतकालिन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ। यसको सारको रूपमा, अमेरिका सबैतिर प्रजातान्त्रिक आन्दोलनहरूको रक्षा गर्न नसकेको, कम्युनिष्टहरूको मुकाबिला गर्न तानाशाहहरूलाई संरक्षण गरिरहेको एक बिशेष स्थिति रहेको बुझ्नु पर्दछ।

अर्को तिर सोभियत संघ खासगरी प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्टहरूको सहयोगमा सत्ता हत्याउन चाहेको र मध्य तथा दक्षिण एशियाली मुलुकहरूको स्वतन्त्रता अफगानिस्तानमा सोभियत कब्जाले गर्दा खतरामा परेको बुझाई हो ।

यस सन्दर्भमा, इन्दिरा गांधीको बारेमा बीपी स्पष्ट हुनुहुन्थ्यो कि उनी सोभियत संधका पिछलग्गू थिईन। तिनताका नेपालका राजा बीरेन्द्र शाह कम्युनिष्टहरूको जालमा परेको र प्रजातन्त्रवादीहरूलाई समाप्त पारेर कम्युनिष्ट नियन्त्रणको पंञ्चायती व्यवस्थालाई दरो बनाउने सोभियत डिजायनले अन्तत: नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने बीपीको बुझाई रहेको थियो।

यस तथ्यसंग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिकरणको दिशामा लिई जानु बीपीको नीति भनौं वा दृष्टिकोण थियो। आज हवाई जहाजमा सवार काँग्रेसी, आकाशमा उडी रहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा बीपीको मेलमिलाप कै नीति पल्टाएमा पाईलटले त्यसको मर्मत गर्न सक्ने, समाधान गर्न सक्ने गरी जसरी अर्थ लगाई रहेको देखिन्छ-यसको त्यस्तो सर्वकालिक व्यापकता शायद बीपीले सोच्नु भएन होला ।

रोजगारी, जनताको आयबृद्धि, सर्वसुलभ स्तरीय शिक्षा, जनता प्रति लक्षित जन स्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत बिषयहरू-जुन जनताका आधारभूत खोजी र चाहना हुन, यसको समाधान पनि बीपीको त्यस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो। न कि, बीपी प्रतिको आस्था।

prabhu mahalaxmi
kumari