एनआईसी एशियाको ‘सुपर चमत्कारिक सवारी कर्जा योजना
काठमाडौँ । एनआईसी एशिया बैंकले कर्जाको ब्याजदर एक वर्ष परिवर्तन नहुने र कर्जा पूर्व स्वीकृति गरी सवारी साधा खरिद गर्न सकिने सुबिधा सहित सञ्चालन गरेको छ ।
यस कर्जाका विशेषताहरुमा पहिलो वर्ष कर्जाको ब्याज दर ८.२५ प्रतिशतबाट परिवर्तन नहुने, एक वर्ष पछि बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशतसम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जा कायम हुने प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जनाएका छन् ।
‘सुपर चमात्कारिक सवारी कर्जा योजना’ अन्तरगत ‘कर्जा पूर्व भुक्तानी तथा आंशिक चुक्ता गर्दा कुनै शुल्क नलाग्ने, सबै ब्राण्डका सवारी साधान खरिदको लागि कर्जा उपलब्ध हुने, रातो नम्बर प्लेटका निजी, व्यवसायिक, विद्युतीय नयाँ सवारी साधनको खरिद गर्न कर्जा सुबिधा उपलब्ध हुने, रातो नम्बर प्लेटका सेकेन्डह्याण्ड सवारी साधनको लागि समेत कर्जा उपलब्ध हुने, घर तथा सवारी कर्जा बन्डल गरेर समेत लिन सकिने, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने र कर्जा योग्यता अनलाइनबाटै परीक्षण गर्न सकिने’ विशेषता रहेको बैंकले जनाएको छ ।





























