सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीले ब्याजमा २० प्रतिशत छुट पाउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरुले ब्याजमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकले कोभिड–१९ महामारीबाट उक्त डेभलपमेन्ट बैंकका सेवाग्राही ऋणीहरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही ऋणी महानुभावहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकका सेवाग्राही ऋणी महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्दा श्रावण महिनाको ब्याज रकममा २०% सहुलियत स्वरुप छुट पाउने छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिइरहेको छ ।





























