stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

डिडिसिका प्रोडक्टमा विशेष छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं । दुग्ध विकास संस्थानका (डिडिसि) महाप्रवन्धक रुद्र प्रसाद पौडेलले अहिले डिडिसि चाडपर्व लक्षित बजारीकरण गर्ने योजनाका साथ अगाडी बढिरहेको बताएका छन् ।

महाप्रवन्धक पौडेलले अघिल्लो वर्षहरुमा चाडपर्वको बेला कतिपय रित्तो हात फर्किनु पर्ने स्थिती भएकोले यस वर्ष ग्राहकले रित्तो हात फर्किनु नपर्ने गरि उक्त योजना ल्याउन लागेको बताएका हुन् ।

महाप्रवन्धक पौडेलले भने, ‘ग्राहकहरु डीडीसीको प्रोडक्टहरु खोजी खोजी किन्न आउँछन् । कतिपय रित्तो हात फर्किनु पर्ने पनि स्थिती छ । अब तिज आउँदैछ त्यतिबेला दुध, घिउ र दहीको बढि माग हुने गर्छ । विगतका वर्षको आँकडा हेरेर यसबर्ष चाडपर्व लक्षित बजारीकरण गर्ने योजनाका साथ अगाडी बढेका छौं ।’

महाप्रवन्धक पौडेलले आज मात्रै नेपाल भर २ लाख बढी र काठमाडौंको हकमा १ लाख ४७ हजार बढि डिडिसिका प्रोडक्टहरु विक्रि भएकोे बताए ।

उनका अनुसार लकडाउन अघि दैनिक ८६ हजार लिटर बढी दुध विक्रि हुने गरेको थियो भने लकडाउनको बेलामा दैनिक ७४ हजार बढी दुध विक्रि हुने गरेको थियो । उनले भने, ‘लकडाउनको बेलामा नेपालभर २१/२२ प्रतिशत दुघको विक्रि घटेको थियो भने काठमाडौंमा १०/११ प्रतिशतले घटेको थियो । दुधजन्य पदार्थमा ३० प्रतिशत विक्रि घटेको थियो ।’

महाप्रवन्धक पौडेलले भने, ‘अहिले हाम्रो बजार राम्रो छ । नेपालभरिका भाटभटेनी र सुपरमार्केटहरुमा पनि डीडीसीका उत्पादनहरु पुगेका छन् । अहिले हामीले घिउको मूल्य घटाएका छौँ ।

जसमा ५ सय देखि एक हजार लिटर लानेलाई ३ प्रतिशत छुट दिएका छौँ भने त्यो भन्दा बढी लानेलाई ५ प्रतिशतसम्म छुट दिएका छौँ ।’

त्यसैगरि, उनले नेपालमै उत्पादन भएको घिउले पुग्छ भनेर विभिन्न मन्त्रालयमा अनुरोध गरेपछि अहिले बाहिरबाट घिउ आयातमा कमि आएको बताए । अहिले डीडीसीले स्किननिल पाउडर, होलनिल पाउडर बनाइराखेको छ भने अब डेरि ह्वाइटनर पनि बनाएर बजारमा ल्याउने योजनामा रहेको उनको भनाई छ ।

महाप्रवन्धक पौडेलका अनुसार अहिले न्यूरोड, लैनचौर, खुमलटारमा डिडिसिका अफिस छन् । त्यसबाहेक चावहिल, बानेश्वर, गोँगबुँमा आफ्नै आउटलेट राख्न तयारी गरिरहेका महाप्रवन्धक पौडेलले बताए ।

prabhu mahalaxmi
kumari