stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब विनियोजन, राष्ट्रिय परिचयपत्र अनिवार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गरिने घोषणा गरे। साथै, सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने बताए। ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्न घुम्ती टोली गठन गरिने उनले उल्लेख गरे।

यसैगरी, सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा प्रदान नगर्ने नीति अवलम्बन गरिने उनले स्पष्ट पारे। यद्यपि, वृद्ध भत्ताको उमेर हद बढाउने विषयमा भने कुनै घोषणा गरिएन।

prabhu mahalaxmi
kumari