सेलपेले ल्यायो वार्षिकोत्सवको अवसरमा अफर, पहिलो कारोबार गर्दा ५% क्यास ब्याक पाइने
काठमाडौं । आफ्नो वार्षिकोत्सवमा सेलपे सेवाले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५% प्रतिशत क्यास ब्याक पाउने अफर योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले अफर अन्तर्गत ग्राहकहरुलाई भोलि साउन १६ गते शुक्रबारबाट सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५% प्रतिशत क्यासब्याक दिने जनाएको छ । भोलि शुक्रबारदेखि उक्त अफर योजना लागु हुने समेत सेलपे सेवाले जनाएको छ ।
साथै ,सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउने छन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित तथा लोयाल्टी पोइन्ट्स पाइने जनाएको छ ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, बीमा रकम भुक्तानी गर्न सकिन्छ ।





























