stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चिनीको अभावसँगै मूल्य बढयाे साल्ट ट्रेडिङमा चिनीकाे मौज्दात सकियाे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा चिनीकाे मौज्दात सकिएसगै बजारमा चिनीको मूल्य बढेको छ ।
अहिले बजारमा खाद्यान्न, तरकारी लगायत दैनिक उपभाेग्य सामग्री सहित बिभिन्न सामानको मूल्य बढी रहेको बेला चिनीको मूल्य पनि बढेको छ ।
मुलुक भित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् ।
हाल खुद्रा बजारमा प्रति किलोको ८५ रुपैयाँमा बिक्रि हुँदै आएको चिनीको मूल्य अहिले किलोकाे १०० रुपैयाँसम्म पुगेको उपभोक्ताहरूले बताएकाे छ ।
                                             
साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएपछि अहिले व्यापारीहरूले बजारमा चिनीको मूल्य बढाएका छन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो चार दिनको अवधिमा चिनीको मूल्य १५ रूपैयाँले बढेको छ । अहिले चिनीको मूल्य थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँमा पाइने गरेकाे हाेलसेल व्यापारीहरूले बताएका छन् ।
बजारमा चिनिको मूल्य १० देखि १५ रुपैयाँसम्म वढेको छ, साल्ट ट्रेडिङ कर्पाेरेशनसगँ चिनी मौज्दात नभएकै कारण बजारमा चिनीकाे मूल्य व्यापारीले बढाएका हुन्।
सरकारले साल्ट ट्रेडिङ कर्पाेरेशन मार्फत तत्कालै विदेशवाट सस्ताे मुल्यमा चिनी खरिद गरेर नल्याउने हाे भने आगामी दशैं, तिहार र छठ पर्वसम्ममा चिनीकाे मूल्य १५० रूपैयाँ भन्दा माथि पुग्न सक्ने व्यापारीहरूले बताउन थालेका छन् ।
ठुला व्यापारीले काेराेना प्रकाेपकाे कारण साल्ट ट्रेडिङले प्रयाप्त चिनी मौज्दात राख्न नसकेकाे थाहा पाएरै बजारमा एकलाैटी ढंगले मूल्य बढाएकाे देखिन्छ ।
सरकारले चिनीकाे मूल्य नियन्त्रणमा राख्न पनि साल्ट ट्रेडिङ कर्पाेरेशनलाई प्रयाप्त चिनी खरिद गर्न लगाएर माैजाद राखि बजारमा हस्तक्षेप बढाउनु पर्ने नेपाल उपभाेक्ता महासंघका पदाधिकारीहरू बताउछन् ।
prabhu mahalaxmi
kumari