stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल इन्स्योरेन्सले धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पायो

हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बुधबार नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई पौने ६६ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउनेछ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले तोकेको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ।

हकप्रद बिक्रीपछि नेपाल इन्स्योरेन्सको पनि न्यूनतम चुक्तापुँजी कायम हुनेछ।
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari