stcnepal long ad
nabil bank
macchha(MBL)

मेची भन्सारले दस महिनामा संकलन गर्‍यो करिब १३ अर्ब राजस्व

Nimb long ad
Prabhu Insurance Long Ad

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो।

‘गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौं,’ उनले भने।

कार्यालयको तथ्यांकानुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ।

यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु २० करोड २९ लाख ९४ हजार, राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

यहाँबाट चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ। सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ।

prabhu mahalaxmi
kumari