stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईसेवा मनि ट्रान्सफरले मनायो पाँचौँ वार्षिकोत्सव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो पाँच वर्ष वर्षे यात्रा सफलतापूर्वक पुरा गरेको छ।

स्थापना कालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको कम्पनीले विश्वभर रहेका २०० भन्दा बढी देशहरूबाट नेपालीहरूले नेपालमा सजिलै पैसा पठाउने सक्ने सेवा उपलब्ध गराउँदै आएको छ।

पाँच वर्षको अवधिमा ईसेवा मनि ट्रान्सफरले १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको छ।

पाँचौं वार्षिकोत्सवको अवसरमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, “केवल पाँच वर्षको अवधिमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, सुरक्षित र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी अत्यन्त खुशी र उत्साहित छौँ।

‘डिजिटल नेपाल’ को हाम्रो उद्देश्यमा विश्वास राख्दै साथ दिनुहुने सबै साझेदारहरू, प्रिय ग्राहकवर्ग तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं।’

एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले ईसेवा मनि ट्रान्सफरको पाँचौं वार्षिकोत्सव, नेपालमा वित्तीय सेवा क्षेत्रको रुपान्तरण गर्ने हाम्रो दूरदृष्टि तर्फको एक महत्वपूर्ण पाइला हो भन्ने अनुभूति गराउने बताए ।

उनले प्रविधिमा आधारित नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाहरूको माध्यमबाट हामी संसारभर रहेका नेपालीहरूलाई अझ नजिक ल्याउँदै, वित्तीय समावेशीताको अनुभूति दिलाउने हाम्रो यात्रा अविच्छिन्न रूपमा अगाडि बढिरहेको बताए ।

prabhu mahalaxmi
kumari