stcnepal long ad
ime life insurance
global ime bank long

शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

अमेरिकाका दुई राज्यका केही क्षेत्रमा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । अमेरिकी राज्य केन्टकीका अधिकारीका अनुसार आँधीले १४ जनाको मृत्यु भएको छ । यस्तै मिसौरीमा सात जना र तीमध्ये सेन्ट लुईका पाँच जना रहेको बीबीसीले जनाएको छ ।

शनिबार बिहान केन्टकीको दक्षिण पूर्वमा स्थित लोरल काउन्टीमा यो आँधी आएको थियो । अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।

मिसौरीका अधिकारीहरुका अनुसार शुक्रबार आएको आँधीका कारणा पाँच हजार घरहरुमा क्षति पुगेको छ । कयौं घरका छतहरु उडाएको छ । बिजुली पनि अवरुद्ध भएको छ ।

prabhu mahalaxmi
kumari